बस दु,र्घटनामा चालकको मृ,त्यु

कास्की, १४ मङ्सिर । पोखरा–बागलुङ सडकखण्डमा आज बस दु,र्घटना हुँदा चालकको मृ,त्यु भएको छ । दु,र्घटनामा आठ यात्रु घा,इते भएका छन् । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दु,र्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृ,त्यु भएको छ । उहाँको उपचाका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृ,त्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । घा,इते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दु,र्घटामा परी घा,इते हुनेमा बागलुङ नगरपालिका–६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका–१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उहाँका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका–२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महागनरपालिका–३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका माया विक छन् ।

एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
नवलपुर, १४ मङ्सिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ । रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।

एमाले महाधिवेशन ः १६ सय बढी मत खस्यो
चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो । मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिनुभयो।
महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् । मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।