स्क्रब टाइफसले किशोरीकाे अवस्था ग’म्भीर, उपचारका लागि सहयोग अभियान सुरु
खोटाङ, १४ मंसिर/खोटाङमा स्क्रब टाइफस रोगले गम्भीर बिरामी परेकी किशोरीको उपचारका लागि सहयोग अभियान थालिएको छ । स्क्रब टाइफसको समस्याले ग’म्भीर बिरामी परेकी रावाबेँसी गाउँपालिका-१ कुभिन्डे दम्कु गैरी निवासी समिता राईको सहयोगार्थ सहयोग अभियान थालिएको हो । हाल सरस्वती मावि दिक्तेलमा कक्षा १२ मा अध्ययनरत किशोरीको उपचारका लागि ‘समिता राई बचाऔं’ अभियान थालिएको आफन्त टीकाराम राईले बताए ।
स्क्रब टाइफस रोगले १६ कात्तिकदेखि बिरामी परेकी समिताको २३ कात्तिकदेखि काठमाडाैंस्थित अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । उपचार गर्नेक्रममा ६ लाख खर्च भइसकेको तथा उपचार गर्न सक्ने आर्थिक अवस्था नभएकाले समिता बचाऔं सहयोग अभियान थालिएको हो ।
समिताको सहयोगका लागि उनकै दिदी संगीता राईलाई ९८१६७७३७८२ मा फोन गरेर वा ग्लोबल आइएमई बैंकको खाता नम्बर एफ ९०७०१०००११३३ मा रकम जम्मा गरेर सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने
काठमाडौं, १४ मंसिर /नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।
दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।


