धनकुटा कांग्रेसको निर्वाचन जारी,यस्तो देखियो तस्बिरमा
धनकुटा,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि आज विहानबाट मतदान सुरु भएको छ विहान ७ बजे बाट सुरु भएको मतदान बेलुका ४ बजे सम्म हुने भएको छ ।
जस अनुसार धनकुटा जिल्ला कार्यसमितीको पदाधीकारीमा अन्र्तगत सभापति पदमा दिनेश राई र कमोट फागो बिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै उपसभापतीमा निर्मल ओझा, रमेश इवहाग, रुकमान तामाग सन्तोष,सुनिल कुमार ढंगोलले बिच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सचिवपदका लागि जयन्द्र घिसिग, तिर्थ राई, राजेन्द्र प्रसाद पौडेल र विजयसन्तोषी राई बिच प्रतिष्पर्धा हुदैछ ।सहसचिव पदका लागि अम्बिका राई, गिरिजाप्रसाद दाहाल,झणेन्द्र प्रसाद खतिवडा र रोशन श्रेष्ठ विच प्रतिष्पर्धा हुने ।
धनकुटा जिल्ला अधिवेशन मार्फत एक जना केन्द्रिय महाधिवेशन प्रतिनीधि सहित १३ जना निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार केन्द्रिय महाधिवेशन प्रतिनीधिमा खसआर्य महिला तर्फ गायत्री भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाबाट ईन्दिरा थापा, पृथसिंह लिम्बु, पाख्रीवास नगरपालिकाबाट ज्ञानबहादुर गुरुङ, निलम थापा, गिता अधिकारी, महालक्ष्मी नगरपालिकाबाट महिला तर्फ सिता गिरी, धनकुटा नगरपालिकाबाट पुण्यवती शाही, शहिदभुमी गाउँपालिकाबाट बच्चुकुमारी राई, खसआर्य महिला तर्फ ईन्दिरा थापा कटुवाल, जनजाती महिला तर्फ रेणु श्रेष्ठ, साधना लिङ्देन र सरस्वती मगर सहित १२ जना जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।





खाेटाङकाे सुर्केमा फाेरजी इन्टरनेट चल्छ तर फाेन चल्दैन
खोटाङ, १४ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेकाे नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।
गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएकाे स्थानीयकाे दुखेसाे छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेकाे उनीहरूकाे भनाइ छ ।
टेलिकमको टावरमा चढ्छन् स्थानीय
वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेकाे छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् ।
कतिपय मानिस मा’दक प’दार्थ सेवन गरेर समेत रमाइलाे गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए ।
विवाहगाँठको अवसरमा धुर्मुसले गरे सुन्तलीको चर्चा
काठमाडौं, १४ मंसिर । हास्यकलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भएको १३ वर्ष पुगेर आज १४ वर्षमा प्रवेश गरेको छ । हास्यकलाकार तथा समाजसेवी धुर्मुस र सुन्तलीको विवाह आजकै दिन २०६५ मंसिर १४ गते भएको थियो ।
विवाहगाँठको शुभकामना दिँदै धुर्मुुसले सुन्तलीको प्रवेश भएपछि आफ्नो जीवनमा धेरै परिवर्तन भएको बताएका छन् । आफ्नो उचाँइ बढाउनुमा कुञ्जनाको योगदान रहेको भन्दै आफुले उनको सुख र खुशीको निम्ति अझै योगदान गर्न नसकेको उनले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुञ्जना मेरो जीवनमा प्रवेश गरेसँग धेरै कुराहरु परिवर्तन भएका छन्। मेरो जीवनले थप उर्जा प्राप्त गरेको छ। उनीसँग बिहेभएपछि नै मैले परिपक्व भएको महसुस गरेँ। व्यवहारिकता, आँट र हिम्मत गर्न उनले नै सिकाइन। जति मेरो उचाई बढाउनमा उनको योगदान छ सायद उनको सुख र खुशीका लागि मैले उनले जति योगदान गर्न सकेको छैन। ‘
उनीभित्र सच्चा माया मात्र होइन साँच्चीकै असल भावना छ। जुन कुरा मैले २०७२ सालको भूकम्पपछि महसुस गरेँ। भूकम्पले थिलथिलो पारेको घाउमा मल्हमपट्टी लगाउन आफ्नो ११ महिनाको छोरीलाई कसैको काखमा सुम्पेर प्रभावितहरुको घरमा पुग्न उनलाई त्यहि असल भावनाले प्रेरित ग¥यो। कहिँ राहत बनेर त कहिँ साहारा बनेर अनि कहिँ आवास बनेर पुग्न मन निश्वार्थ भावनाले भरिएको हुनुपर्छ। त्यसैले उनीसँग म सच्चा मन अनि निश्वार्थता पाउँछु। त्यसैले त मेरो परिवारले आज मलाई भन्दा उनीलाई नै धेरै खोज्छन् जुन कुराले मलाई गर्व लाग्छ।
ओहो ! कुञ्जनासँग बिहे भएको पनि १३ वर्ष पुरा भएर १४ बर्ष लागेछ । उनको माया,मोह र स्नेहले मलाई यी वर्षहरु केबल दिनहरु जस्तो मात्रै लाग्छन्। यति लामा वर्षहरु मलाई छिट्टै बितेका १३ दिन जस्तो लागिरहेछ। सायद मनले खाएका मान्छेसँग बिताएको समय लामो भएपनि छोटो नै लाग्छ। छिट्टै बितेजस्तो लागेपनि पुराना स्मरणहरु दिमागमा ताजा छन्।


