एमालेको मतगणना जारी: रावलसँग ओलीको फराकिलो अन्तर

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।झन्डै आधा मत गन्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अर्का उम्मेदवार भीम रावलसँगको अन्तर निकै फराकिलो पारेका छन्।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १२०० मत ल्याउँदा भीम रावलले ९९ मत पाएका छन्।चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी महाधिवेशन प्रतिनिधि
कल्पना बोहरा/अछाम, १४ मंसिर/नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन अन्तर्गत साेमबार अछाम क्षेत्र नम्बर १ मा भएकाे मतदानको परिणाम सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन् । उनले ४६१ मत प्राप्त गरेका छन् ।

दोस्राेमा नेवि संघ अछामका अध्यक्ष युवा नेता नृपबहादुर साउद ४५३ मत ल्याएर विजयी भएका छन् । उनले पूर्व मन्त्री गोविन्दबहादुर शाहलाई पछि पारेका हुन् ।तेस्राे स्थानमा भने पूर्व मन्त्री शाह छन् । उनले ४३० मत प्राप्त गरेका छन् । पूर्व पार्टी सभापति मेघराज खड्काले चौथो नम्बरमा ४२८, पाचौँमा राजन कुवँरले ४१६, टिकाराम खनाल ३८८, भक्त ठकुल्ला ३६०, कृष्ण कुवँर ३४१, राजेन्द्रबहादुर शाह, ३३८ र राजेन्द्र कुवँरले ३०० मत प्राप्त गरेर विजयी भएका छन् ।

यस्तै, महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४६८, दोस्राेमा भुवनेश्वरी शर्मा ४२९, तेस्राेमा माया कुवँर ३७३ र चौथोमा लक्ष्मी शाहले ३४६ मत प्राप्त गरेर विजयी भएका छन् ।खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए । यस्तै, दोस्राेमा जयन्द्र बहादुर स्वाँर ३६४, तेस्राेमा पूर्व आईजिपी मोतिलाल बोहरा ३४१ र चौथोमा हर्षप्रसाद भट्ट १७९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, खस आर्य महिलातर्फ सबैभन्दा बढी ४१८ मत ल्याएर अप्सरा कुवँर विजयी भइन् भने दोस्राेमा भगवती खनाल ४०९ मत र तेश्रोमा मीरादेवी खड्का २९० मत ल्याएर विजयी भएका छन् ।

यस्तै, दलिततर्फ खुलामा सबैभन्दा बढी ४५४ मत ल्याएर अर्जुन ताम्राकार विजयी भए भने दोस्राेमा डम्बरबहादुर सुनार ३५३ मत ल्याएर विजयी भएका छन् । दलित महिलातर्फ रुपा आउजी ४१५ मत ल्याएर विजयी भएका छन् । ६ मंसिरमा भएको निर्वाचनमा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि १३ मंसिरमा पुन: मतदान भएको हाे । जम्मा ७६४ मतदाता मध्ये ७१४ मत खसेको थियो । क्षेत्रीय कार्य समितिको मतगणना भइरहेको निर्वाचन समितिका झनकराज जोशीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖