एमाले दशौं राष्ट्रिय महाधिवेशन :धनकुटाका राई केन्द्रीय सदस्यमा अत्याधिक मतले विजय

धनकुटा । चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिबेशन हिजो सम्पन्न भएको छ ।

महाधिबेशनमा २०७४ सालको निर्वाचनमा ईलेक्सन म्यान अफ द म्याचको उपाधि पाएका नेकपा एमाले धनकुटा जिल्ला पार्टी अध्यक्ष तथा संघिय सांसद राजेन्द्रकुमार राई नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशनमा अत्याधिक मत १८३६ मत पाउंदै केन्द्रीय सदस्यमा विजय भएका छन् ।

धनकुटा जिल्ला नेकपा एमाले २०७४ सालको स्थानीय निर्वाचनमा धनकुटा मात्र यस्तो जिल्ला थियो जहाँ एमाले जिल्ला अध्यक्ष र राईको नेतृत्वमा एक्लैले सातै पालिकामा जित्न सफल भएका थियो।

यो पनि…आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने
काठमाडौं, १५ मंसिर/नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात सम्भावना छ ।शुक्रबार देशभर बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपातका कारण चिसो बढ्ने बताएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ६.३ डिग्रीसेल्सियसमा झरेको छ भने जुम्लाको तापक्रम माइनस ४ दशमल ८ डिग्रीसम्म झरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।