भरुवा ब’न्दुक सहित राई पक्राउ
संखुवासभा, मंसिर १५ ।संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे स्थित ५६ बर्षिय राम बहादुर राईलाई भरुवा ब’न्दुक सहित पक्राउ गरिएको छ ।
हिजो बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा १ थान भरुवा ब’न्दुक फेला परेको हो ।पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी
काठमाडौं, १५ मंसिर /राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।
देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए ।
विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ । आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा. लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।


