कॉंग्रेस महाधिबेशन :धनकुटाबाट प्रतिनिधिमा सबै भन्दा बढी मत पूर्व सभापति राई लाई

धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ ।मत परिणम अनुसार पूर्व जिल्ला सभापती हरिकुमार राई सबै भन्दा बढी मत ल्याई बिजयी हुनु भएको छ ।

महाधिबेशन प्रतिनिधिका उम्मेद्धवार राईले ६ सय ८१ मत ल्याई विजयी हुनु भएको जनाएको छ ।

यो पनि…धनकुटाबाट २१ बर्षिय करुणा बनिन् महाधिवेशन प्रतिनिधि
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय करुणा कटुवाल विजयी भएकी छिन् ।

कन्द्रिय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष महिला तर्फ ५ सय ५९ मत ल्याई उनि केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनि नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत रहेकी छन् ।

यो पनि…कॉंग्रेस महाधिबेशन : धनकुटाबाट को-को भए महाधिवेशन प्रतिनिधि ? हेर्नुहोस्
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ ।

मत परिणम अनुसार पूर्व जिल्ला सभापती हरिकुमार राई , मनोहर नारायण श्रेष्ठ, निर्वतमान सभापती अग्नी प्रसाद पौडेल, निर्वमान उपसभापती नविनकिशोर शाक्य, अजित नारायणसिंह थापा,आनन्दसन्तोषी राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल, थिरेन्द्रबहादुर लिम्बु विजयी भएका छन् । विजयी मध्ये पूर्व जिल्ला सभापती हरिकुमार राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल संस्थापन इतर समुह बाट विजयी भएका हुन् ।

त्यस्तै केन्द्रिय महाधिबेसन प्रत्यक्ष महिला तर्फ बाट अन्जना ताम्ली,इन्दिरा थापा, करुण कटुवाल र सुमना तिम्सिना विजयी भएका छन् । कटुवाल र तिम्सिना देउवा पक्ष प्यानल बाट उम्मेद्धवमर भएका हुन् भने ताम्ली र थापा संस्थापन इतर समुहका हुन् । त्यस्तै आदिवासी जनजाती पुरुष तर्फ हर्क चेम्जोग, प्रकास कुमार राई थुलुग र मणिकुमार लिम्बु चेम्जोग बिजयी भएका छन् । लिम्बु संस्थापन इतर समुहका हुन् भने चेम्जोग र राई देउवा पक्षका हुन् ।

आदिवासी जनजाति तर्फ महिला तर्फ लिला सुब्वा, मीनाकुमारी राई तुम्वा, सिता प्रधान विजयी भएका छन् । तुम्वा संस्थापन इतर बाट हुन भने सुब्वा र प्रधान संस्थापन पक्ष का उमेदवार थिए । त्यस्तै समानुपातिक खस आर्य तर्फ महेन्द्र निरौला र दुर्गा सुवेदी विजयी भएका छन् निरौला संस्थापन इत र सुवेदी संस्थापन पक्षका हुन् ।

त्यस्तै अल्पसंख्यक अपांग तर्फ उदयबहादुर लिम्बु र दलित तर्फ शिवराज विश्वकर्मा विजयी भएका छन् उनिहरु दुवै जना देउवा पक्ष बाट उमेदवार बनेका थिए ।

नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी
काठमाडौं, १५ मंसिर /राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।

देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए । विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ ।

आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा. लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।