निवर्तमान जिल्ला अध्यक्ष तिगेला जिल्ला सदस्यमा निर्वाचित
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट महाधिबेशन बाट पत्रकार तथा नेपाल प्रेस यूनियन धनकुटाका निवर्तमान अध्यक्ष यानिन्द्र तिगेला नेपाली कांग्रेस धनकुटा जिल्ला सदस्यमा निर्वाचित हुन भएको छ ।
आज दिउँसो आएको मत परिणम अनुसार तिगेलाले ५ सय ४७ मत ल्याई जिल्ला सदस्यमा निर्वाचित हुनु भएको हो ।
यो पनि…२१ बर्षिया करुणा बनिन् महाधिबेशन प्रतिनिधि
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा २१ बर्षिय करुणा कटुवाल विजयी भएकी छिन् ।
कन्द्रिय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष महिला तर्फ ५ सय ५९ मत ल्याई उनि केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनि नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत रहेकी छन् ।
यो पनि…कॉंग्रेस महाधिबेशन : धनकुटाबाट को-को भए महाधिवेशन प्रतिनिधि ? हेर्नुहोस्
धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ ।
मत परिणम अनुसार पूर्व जिल्ला सभापती हरिकुमार राई , मनोहर नारायण श्रेष्ठ, निर्वतमान सभापती अग्नी प्रसाद पौडेल, निर्वमान उपसभापती नविनकिशोर शाक्य, अजित नारायणसिंह थापा,आनन्दसन्तोषी राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल, थिरेन्द्रबहादुर लिम्बु विजयी भएका छन् । विजयी मध्ये पूर्व जिल्ला सभापती हरिकुमार राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल संस्थापन इतर समुह बाट विजयी भएका हुन् ।
त्यस्तै केन्द्रिय महाधिबेसन प्रत्यक्ष महिला तर्फ बाट अन्जना ताम्ली,इन्दिरा थापा, करुण कटुवाल र सुमना तिम्सिना विजयी भएका छन् । कटुवाल र तिम्सिना देउवा पक्ष प्यानल बाट उम्मेद्धवमर भएका हुन् भने ताम्ली र थापा संस्थापन इतर समुहका हुन् । त्यस्तै आदिवासी जनजाती पुरुष तर्फ हर्क चेम्जोग, प्रकास कुमार राई थुलुग र मणिकुमार लिम्बु चेम्जोग बिजयी भएका छन् । लिम्बु संस्थापन इतर समुहका हुन् भने चेम्जोग र राई देउवा पक्षका हुन् ।
आदिवासी जनजाति तर्फ महिला तर्फ लिला सुब्वा, मीनाकुमारी राई तुम्वा, सिता प्रधान विजयी भएका छन् । तुम्वा संस्थापन इतर बाट हुन भने सुब्वा र प्रधान संस्थापन पक्ष का उमेदवार थिए । त्यस्तै समानुपातिक खस आर्य तर्फ महेन्द्र निरौला र दुर्गा सुवेदी विजयी भएका छन् निरौला संस्थापन इत र सुवेदी संस्थापन पक्षका हुन् ।
त्यस्तै अल्पसंख्यक अपांग तर्फ उदयबहादुर लिम्बु र दलित तर्फ शिवराज विश्वकर्मा विजयी भएका छन् उनिहरु दुवै जना देउवा पक्ष बाट उमेदवार बनेका थिए ।
नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी
काठमाडौं, १५ मंसिर /राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।
देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए । विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ ।
आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा. लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।


