मुन्धुम खोज्दै ताक्लुङ गढीमा लिम्बू समुदाय

प्रकाश पाक्साँवा/तेह्रथुम, १६ मंसिर । लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक हुन्छ। लयात्मक हुन्छ । मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका छन् । समय कालसँगै मुन्धुममा विषय र लय सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने लिम्बू पुरोहित जस्तै फेदाङ्बा/साम्बाले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, साँस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदै/बचाउँदै ल्याएका छन् ।

लिम्बू समुदायकाे पछिल्लो पुस्तामा मुन्धुम लोप हुँदै गएपछि किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले दोस्राे याक्थुङ मुन्धुम गोष्ठी तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे स्थित ताक्लुङ गढीमा आयोजना गरेकाे छ । गाेष्ठीमा मुन्धुमको थप खोजी बारे छलफल भएकाे थियाे । चुम्लुङले विगतका बर्षदेखि नै मुख्य त लिम्बू आदिवासीको भाषिक,साँस्कृतिक, सामाजिक तथा आर्थिक विकाससम्बन्धी काम गर्दै आएको केन्द्रीय अध्यक्ष योगराज वानेमले बताए ।

साँस्कृतिक गतिविधिहरूमा मुन्धुम लिम्बू आदिवासीको मौलिकपन भएको र विन दर्शनमा आधारित भएको महत्वपूर्ण दस्तावेजका साथै सामाजिक कार्य अघि बढाउने संस्कार संस्कृतिसँग सम्बन्धित रहेको अध्यक्ष वानेमको भनाइ छ । उनी भन्छन्, ‘चुम्लुङले मुन्धुमसम्बन्धी विभिन्न चर्चा परिचर्चा व्याख्या विश्लेषण गर्दै आएको र समाजमा व्यापक बनाउने उदेश्यका साथ मुन्धुम गोष्टी गर्दै आएका छौं । गोष्ठी ऐतिहासिक तथा साँस्कृतिक स्थलमा प्रयोगात्मक रुपमा गरेका छौ । मुन्धुमहरू धेरै खण्ड भए पनि यहाँ सृष्टिसम्बन्धी १० वटा यक (गडी) बनाएर छलफल र बहस गरेका छौ ।’

गाेष्ठीमा पूर्वी नेपालका नाै जिल्ला र राजधानी काठमाडाैंसहित मुन्धुमविद्हरूको सहभागीता रहेको थियाे । गोष्ठीले कम्तीमा भोलिको पुस्तालाई मुन्धुमको महत्व बुझाउने कालाकार तथा मुन्धुमका खोजकर्ता यासेली योङहाङले बताए । मुन्धुमकाे प्रचलन दिनानु दिन कम हुँदै गएको कारण खिईदै गएको र लिम्बु समुदायमा पनि मुन्धुम बारे फरक फरक बुझाइ बन्न थालेकाेले एकताको सन्देश दिनु पर्ने उनको भनाइ छ ।

लाेप हुँदै गएको मुन्धुम बारे जसको सवाल उसकाे अगुवाइको हिसाबले अगाडि बढ्नु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनी भन्छन्, ‘नयाँ पुस्ता र पुरानो पुस्ताले मुन्धुम संरक्षणमा चासो देखाउन आवश्यक छ । सरोकारवालासँग मुन्धुमसम्बन्धी व्पयापक छलफल गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने यदि यसो नगरिए कागजीय रुपमा मात्रै सिमित हुनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।