अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

वाशिंगटन,अमेरिका १७ मङ्सिर । संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो । “केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो। सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी तिइन तर बुस्टर डोज भने लिएकी थिइनन्” गभर्नरले थप्नुभयो । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन् । ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो ।नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्।
राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा कोभिड भाइरस र नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच-बुदे योजना घोषणा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण
संयुक्त राष्ट्रसंघ,१७ मङ्सिर । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् । यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्र्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँका करिब २ लाख ८० हजार नागरिकलाई यस्तो सहयोग उपलब्ध गराइएको छ ।

यो सहायताको कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायता उपलब्ध गराइएको भनेर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ । यसअघि दुई हप्ता अघिमात्र पनि इरानले यहाँ २१ टनभन्दा बढी खाद्य सामग्री ल्याएको बताएको थियो । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए ।अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।