छथर जोरपाटीका ६७ किसानले पाए राहत, २८ अपाङ्गता भएकालाई सहयोग
नारायण कुमार राई, धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले गएको कार्तिक २-३ गते परेको बर्षाबाट धनजनको क्ष’ति भएका किसानहरुलाई राहत र अपाङ्गता भएका ब्यक्तिका परिवारलाई सहयोग गरेको छ ।
पालिकाले ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा एक संयुक्त कार्यक्रको आयोजना गरेर ६७ किसानहरुलाई नगद राहत र २८ अपांङ्गता भएकाहरुलाई नगद र यन्त्र सहयोग गरेको हो ।
पालिकाले पूर्ण क्षति भएका २२,आंशिक,२० सामान्य २३ र बाली क्षति तर्फ २ परिवारलाई राहत दिईएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्ण क्षति भएका किसानलाई रु १५ हजार,आंशिकलाई १० हजार,सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १÷१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बरावरको राहत दिएको छ । कार्यक्रममा १६ जना अपांगता भएका ब्यक्तिहरुलाई श्रवण यन्त्र र १२ जना अपांङ्गता भएका ब्यक्तिहरुलाई आर्थिक सहयोग गरिएको छ ।
श्रवण यन्त्र शिबिर सन्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकाहरुलाई र आर्थिक अबस्था कमजोर भएका ग र घ वर्ग अपांङ्गता भएकाहरुलाई पालिकाले नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।
पिंडितहरुलाई राहत र अपांगता भएका ब्यक्तिहरुलाई राहत तथा यन्त्र पालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर तथा वडा अध्यक्षहरुले हस्तान्तरण गर्नुभएको थियो ।


