माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

काठमाडौं, नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदै
मोहन जोशी/नेपाली कांग्रेसको १४औँ महााधिवेशन अन्तर्गत पहिलो पटक भइरहेको प्रदेश अधिवेशनबाट कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । कार्यसमिति चयनका लागि बिहान १० बजे देखि मतदान सुरू भएको निर्वाचन अधिकृत अधिवक्ता वीरबहादुर जेठाराले बताए । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहति चुनावी मैदानमा छन् । संस्थापन पक्षबाट प्रदेश उप-सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह-महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै संस्थापन इतर पक्षबाट उप-सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह-महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

निर्वाचनबाट एक सभापति, दुई जना उप-सभापति, एक महिलासहित तीन जना महामन्त्री चयन गर्नेछ । यसैगरी, सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपांङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुने छन् । अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट साढे नौ सय प्रतिनिधि सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।