३२ टन चिया नष्ट गरिँदै

वाग्मती, १८ मङ्सिर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।

निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ ः मन्त्री भुसाल
ललितपुर, १८ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताउनुभयो । मन्त्री भुषालले भन्नुभयो, “ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरुप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।”

जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उहाँको भनाइ थियो ।सङ्घका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले आज बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म सो काम गर्न ललितपुरका जनताको सहभागिता रहने बताउनुभयो । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का निर्देशक डा रोहित रञ्जितकारले झिँगटी छाउने काम अझै १०–१२ दिन लाग्ने बताउनुभयो । विसं २०७२ को गोरखा भूकम्प र पटकपटक आएको परकम्पका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो ।

तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने अनि सोही तलामा सुन लेपन गरिएको तामाको पाता छाइएको र दोस्रो तलामा झिँगटी छाउनेसमेत सकिएकामा हाल बाँकी रहेको तलाको काम अघि बढाइएको हो । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले झिँगटीको काम सकेर मन्दिरको तोरण आदि सम्पूर्ण सरसफाइ पुसभित्र सम्पन्न गरिने जानकारी दिनुभयोे । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भइरहेको छ ।सो कामका लागि आज मन्दिरमा स्थानीय जनताका साथै विभिन्न जातीय समाज र विभिन्न सङ्घसंस्थाका व्यक्तिसमेत सहभागी थिए । विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा उक्त मन्दिर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।