अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु

इलाम, १८ मंसिर । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको दुई दिवसीय अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनको डा. गार्गी शर्मा र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् ।

‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारण पत्र डा. देवी क्षेत्री दूलाले प्रस्तुत गरेकी थिइन । अवधारण पत्रमाथि टिप्पणी गर्दै पत्रकार चन्द्र भण्डारीले साहित्यको माध्यमबाट पर्यटनको विकासमा योगदान भइरहेको बताए ।

साहित्य महोत्सवमार्फत पर्यटन प्रवर्द्धन विषयमा प्रमोद प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रधानको कार्यपत्रमा प्रा. डा. सावित्री मल्लकक्षपतिले टिप्पणी गरेकी थिइन् । साहित्य सम्मेलनमा साहित्यकार युवराज नयाँघरेले ‘यात्रा: भाव भाका र भाषा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । नयाँघरेको कार्यपत्रमा रामकृष्ण पन्तले टिप्पणी गरेका थिए ।

कार्यक्रमका सहभागी बक्ताले साहित्यमार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना हुने बताएका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाममा भएको अन्तर्देशीय साहित्य सम्मेलन इलामको पर्यटनको विकासको लागि महत्त्वपूर्ण काम भएको बताए ।

‘यो इलामको सम्वृद्धिको अभियान हो’, उनले भने,‘साहित्यको माध्यमबाट इलामको पर्यटनमा विकास पुग्छ भन्ने विश्वास लिएका छौ ।’ साहित्य सम्मेलनको अवसरमा इलामका दुई जना श्रेष्ठलाई पुरस्कृत गरिएको छ । इलाम नगरपालिका साहित्य कला तथा संगित प्रतिष्ठानको तर्फबाट गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेमकुमार खवासलाई सम्मानित गरिएको छ। उनीहरूलाई जनही नगद दश हजार रुपैयाँ सहित, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको हो ।

यस्तै सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरेको ‘भानुप्रतिभा अन्तर्देशीय नेपाली साहित्य पुरस्कार’ क्षेत्रीकी छोरी कृष्ण क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । दुई लाख रुपैयाँ राशिको २०७७ को पुरस्कार ३० असार २०७८ मा वितरण गर्नुपर्ने भए पनि साहित्यकार क्षेत्रीको स्वास्थ्यका कारणले पुरस्कार लिन उपस्थित भएनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।