खोटाङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ, १९ मंसिर । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ । प्रसूति व्यथाका कारण स्वास्थ्यमा ग’म्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३० वर्षीय शान्ता विकलाई आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेको र थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने उल्लेख गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टर झिकाएर गर्भवतीको उद्धार गरिएको हो ।

यसअघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको, यसपल्ट आठ महिनामै प्रसूति व्यथा सुरू भएको, अण्डाशयमा पानीका फोकाहरू देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । उद्धार गरिएका शान्तालाई प्रसूति गृह थापाथली काठमाडाै‌ं लगिएको छ ।

कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो, संख्या भने बर्सेनि घट्दो
प्रकाश तिम्सिना/सुनसरी ।चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् ।

नेपालमा ८८६ प्रजातिका चरामध्ये कोशी टप्पुमा ५३१ प्रजातिका चराको बसोबास रहेको आरक्ष कार्यलालले बताउँछ । अहिले कोशी टप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज), राजगरुड, पिंटेल, मलर्ड, बारहेडेड लगायत पाहुना चरा देखिन थालेका छन् ।
हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननको सुरक्षित गन्तव्यको खोजीमा पक्षीहरू यसवर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन् ।

एक थरी चराले अन्तर्देशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइ सरी आउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय बताउँछ । आरक्ष आसपासको क्षेत्रमा बसाइसराइ गरी आउने चरामा हाँस प्रजातिका चखेवा हाँस, खडखडे हाँस, मालत हाँस, सुडसुडिया प्रजातिहरू सिकारी चराहरू साहिबाज सेनबाज जस्ता प्रजाति देखिएका छन् ।

प्रजाति थपिए तर संख्या घट्दो

नयाँ प्रजातिका चराको आवागमन बढे पनि संख्या भने घट्दो रूपमा देखिएको छ । सन् २०१५ मा पाँच हजारभन्दा बढी संख्यामा देखिएको भए पनि अहिले करिब तीन हजार ५०० देखि चार हजारसम्म मात्र चरा आउने गरेको कोशी पंक्षी समाजका अध्यक्ष सञ्जीव आर्चाय बताउँछन् । विदेशी मुलुकबाट आउने चरा उचित वासस्थान, पर्याप्त सिमसार क्षेत्र भएकै कारण कोशी आसपास बस्ने गरेको उनको भनाइ छ ।

तर, पछिल्लो समय नयाँ प्रजाति चरा देखापरे पनि सिमसार क्षेत्र सुक्दै जानु, सिकार बढ्दै जानु, हेरचाह कम हुनु जस्ता कारण चराको संख्या भने घट्दै गएको आर्चाय बताउँछन् ।

‘उपयुक्त वासस्थान नदेख्दा र आहाराको अभाव भए चरा अन्त जाने हो । अहिले यहाँ भएको समस्या नै यही हो । यो समस्या यहाँ मात्र हैन अन्य क्षेत्रमा पनि देखिएको छ । यस कारण नेपालमा आउने चरा छिमेकी देश भारततर्फ जाने गरेका छन्’, आर्चाय भन्छन्, ‘स्थानीय सरकार, सङ्घीय सरकार तथा सम्बन्धित् निकायले चासो नदिए यो क्रम अझ घट्ने छ ।’

कोशी टप्पु नेचर गाइड एसोसिएसनका अध्यक्ष कुर्बान मन्सुरी यस क्षेत्रलाई चराले उचित गन्तव्य ठानेर आए पनि हेरचाहका लागि आरक्षले समन्वय गर्न नसक्दा चराको संख्या घटेको बताउँछन् । आरक्षले कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवाला निकायसँग छलफल गरेर दीर्घकालीन योजनाअनुसार काम गर्नु पर्ने मन्सुरीको जोड छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा भने सिमसार क्षेत्र मासिँदै जानुले चराको संख्या घट्न थालेको बताउँछन् । उनी भन्छन्, ‘कोशी टप्पुमा अधिकांश चरा पानीमा बस्ने रमाउने प्रजातिका छन् । पर्याप्त जलाशय क्षेत्रको व्यवस्थापन गर्न सके चराको संख्या घट्नमा केही हदसम्म रोक्न सकिन्छ ।’ खतिवडाले चराको स्वर्गको रूपमा चिनिएको कोशी टप्पुलाई सुन्दरतामा कमि आउन नदिन कार्यालयले थप गृहकार्य गर्नेसमेत आश्वासन दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।