स्रोत नखुलेको ६९ लाख रकमसहित एक प,क्राउ
काठमाडौँ, १९ मङ्सिर । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई प,क्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति प,क्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई प,क्राउ गरेको हो । प,क्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । प,क्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्…गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपियाँसम्म पुगेको थियो । वि.सं. २०२० तिर प्रतिमन ८० रुपियाँमा अलैँची बिक्री गरिएको किसान अझै पनि सम्झन्छन् ।
आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका हुन् । त्यसपछि नै हो अलैँची खेती विस्तार भई उत्पादन बढेको ।तर अलैँचीको मूल्य अस्थिर खालको हुन्छ । कहिले मूल्य बढेर प्रतिमन एक लाख रुपैयाँभन्दा माथि पुग्छ भने कहिले घटेर २०–२२ हजार रुपैयाँमा पनि आइपुग्छ ।लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् ।यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो । यसका साथै पछिल्लो समयमा राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव हुँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताए ।
अहिले ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसँगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैँ राम्रो दाम दिने व्यापारीलाई अलैँची बेच्न थालेका छन् । यो अवस्थाले अलैँची बिचौलियाको माध्यमबाट नभई सीधै ठूला व्यापारीसम्म पुग्न थालेको छ ।पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सीधै बिर्तामोडसम्म पु-याउन थालेका छन् । यसरी बेच्न थालिँदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर बिक्री गर्न पाउने स्थिति सिर्जना हुन थालेको छ ।
विगतमा व्यापारीले तोकेको मूल्यमा किसानले अलैँची बेच्नुपर्ने बाध्यता नै थियो । किन्नेबाट होइन अब बेच्नेबाट मूल्य तोक्न थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मूल्य पाउन थालेको देखिन्छ । किसान सचेत हुन थाल्दा अलैँचीको मूल्यमा सुधार हुँदै आएको राष्ट्रिय कृषक समूह महासङ्घ, पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।पाँचथर जिल्लामा झन्डै दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुनुका साथै ८०० मेट्रिक टनसम्म अलैँची फल्छ । पाँचथरमा मात्रै वार्षिक दुई अर्ब रुपियाँ अलैँचीबाट आम्दानी हुने गरेको छ ।
यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका १४ हजार ७०० हेक्टरमा भइरहेको छ ।
खोल्सीको सुनका रूपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दै गएको छ ।पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पश्चिमको अछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको तथ्याङ्कले देखाउँछ ।पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती महँगोमा बिक्ने लोभले अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा रोप्ने गरेका छन् । गोरखापत्र दैनिकमा नारायण तुम्बापोले खबर लेखेका छन्


