उदयपुरका १५ द्व’न्द्वपीडित परिवारलाई सम्मान

उदयपुर,त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सश’स्त्र द्व’न्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्व’न्द्व पीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए । उनले द्व’न्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए ।

मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । लैङ्गिक हिं’साविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तरक्रिया र द्व’न्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।