भरुवा ब’न्दुकसहित राई पक्राउ
खोटाङ, २० मंसिर । खोटाङमा भरुवा ब’न्दुकसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले अ’वैध भरुवा ब’न्दुकसहित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राईलाई पक्राउ गरिएको हो ।
घरमा अवैध रूपमा भरुवा ब’न्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
राईको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको एक नाल भरुवा ब’न्दुक, त्यसमा प्रयोग हुने बा’रुद ४८ ग्राम, सिसाको गो’ली दुई थान र केप ८५ थान फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
राईविरुद्ध अ’वैध हा’तह’तियार खरखजना कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।


