जंगे पिल्लरमा एमालेको बैठक

इलाम, २१ मंसिर/भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका-५ जौबारीमा रहेको ६३ (१५) नम्बरको पिल्लरमा बैठक गरेको हो ।

बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गरेको छ । वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय सरकारलाई आग्रह गरेको छ । ‘नेपालतिर दशगजाभन्दा धेरै यता संरचना बनाउँदा एसएसबीले रोक्छ, भारततिर भने दशजगाभित्रै संरचना बनाइएको छ’, एमाले सन्दकपुर गाउँपालिका कमिटीका अध्यक्ष गिरीराज खनालले भने, ‘भारतले पटक पटक नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ, त्यसको विरोधस्वरूप जंगे पिल्लरमा बैठक बसेका हौ ।’

भारतीय पक्षले वर्षेनी सीमा अतिक्रमण गर्ने गरेको छ । पाँच वर्षअघि इलामको पशुपतिनगर-२ मा दशजगाभित्रै गुम्बा बनाएको छ । नेपाली पक्षको विरोधको बाबजुद पक्की संरचनाको एकतले टाँसी छोइलिङ गुम्बा बनाएको हो । पुरानो गुम्बा मर्मत गर्ने नाममा भारतले दशगजाभित्रै गुम्बा बनाएको हो । भारतले दशगजामै संरचना बनाउने गरे पनि नेपालतर्फ भने दशगजाभन्दा बाहिर संरचना बनाउँदासमेत अवरोध गर्ने गरेको छ ।

इलामको सन्दकपुरमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश १ सरकारले भ्युटावर निर्माण थालेको थियो । भ्युटावर बनाउन थालिएको ठाउँ दशगजाभित्र पर्ने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध गर्‍यो । भारतीय सीमा सुरक्षा बलले निर्माण कार्यमा अवरोध गरेपछि टावर बन्न सकेको छैन ।

भारतीय टोलीले सरकारी योजना मात्रै होइन । निजी क्षेत्रले घर, शाैचालय बनाउनसमेत अवरोध गर्ने गरेको छ । सन्दकपुर गाउँपालिका-५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यही आएर रोकेको थियो । घर बनाउन रोक लगाएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । त्यसपछि शेर्पाले घर बनाएकी छन् ।

यस्तै कालपोखरी बजारमा शाैचालय निर्माण पनि रोकेको थियो । स्थानीयले आफ्नै जमिनमा शाैचालय बनाउँदा एसएसबीले अवरोध गर्ने गरेको छ । एसएसबीले सीमा क्षेत्रमा गाडीएका पिल्लरहरूसमेत सार्ने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । एसएसबीले तरकारीजन्य वस्तुको बेच्न लैजाँदासमेत अवरोध गर्ने गरेका छ । एसएसबीले खाद्य सामग्री, निर्माण सामाग्रीमा समेत अवरोध गर्ने गरेको सन्दकपुर गाउँपालिकाको प्रवत्ता समेत रहेका गिरीराज खनाल बताउँछन् ।

एमालेको बैठकमा केन्द्रीय सदस्य राम राना र एमाले इलामका अध्यक्ष महेश बस्नेत पनि सहभागी थिए । केन्द्रीय सदस्य रानाले राष्ट्रियता र मुलुकको अखण्डता बचाइराख्ने एमालेको अभियानअन्तर्गत सीमा क्षेत्रमा बैठक राखिएको बताए । उनले एमाले राष्ट्रियता र मुलुकको अखण्डताको पक्षमा दह्रो गरी उभिएकाले देशी विदेशी शक्तिले एमालेमाथि आक्रमण गरिरहेको दाबी गरे ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीकाे सरकारकै बेला लिम्पियाधुरा लिपुलेकसहितको नक्सा जारी भएकाले अतिक्रमित भूमि फर्ता गर्न लाग्नुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा हुने अतिक्रमण रोक्नको लागि कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।