पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाकाे सम्भावना
काठमाडौं, २३ मंसिर/बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएकाे छ ।
सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित
एसवी थापा/नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् ।
क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन् । उनी पनि संस्थापन इतरका हुन् ।महाधिवेशन प्रतिनिधिमा इतर नै हावी, जिल्ला सभापति हारेमहाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बा६ प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् । दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरीणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाती कोटाकाे सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।
यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचकाे हारजितको रुपमा हेरिएको छ ।क्षेत्र नम्बर ३ मा भने मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् ।


