भिरबाट ट्रक ख,स्दा दुईको मृ,त्यु
मार्तडी, २३ मङ्सिर । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भि,रबाट आज बिहान ट्रक ख,स्दा दुईको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले राससलाई जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल ख,सेको छ। गाडी चालक र सहचालकको घटनास्थलमै मृ,त्यु भएको ठगुन्नाले बताउनुभयो । मृ,तकको सनाखत भए पनि उनीहरुको श,व परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दु,र्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
चितवनमा दुई ठूला महोत्सव सँगसँगै
चितवन, २३ मङ्सिर ।विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् ।दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् । विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।
सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ ।उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको जनाउँदै उहाँले सल्लाहमा नै मिति तय भएको जानकारी दिनुभयो । एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरी काम अघि बढेको उहाँको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । चितवन महोत्सवमा ४०४ कक्ष हुनेछन् । विगत वर्षहरुमा महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । विगतको तथ्याङ्कलाई हेर्दा चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिँदै छन् ।चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो । जिल्लाकै कालिका नगरपालिकामा आजदेखि पदमपुर पर्यटक, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु हुँदैछ । यहाँका थारु समुदायले पर्साको खैरहनीमा खिचरा महोत्सव गर्ने गर्दछन् । साना महोत्सव पालिकास्तरमा हुने गर्दछन् ।


