प्रधानमन्त्री शेरबहादुर देउवा-द्वन्द्वपीडितलाई न्याय हुन्छ

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो । “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “पीडितका परिवारलाई न्याय दिनेछाँै, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौँ ।” उहाँले मानवअधिकारसम्बन्धीे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आयोगले स्थापनाकालदेखि नै मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्य गर्दै आएको र नेपाल सरकारले आयोगलाई आवश्यक पर्ने बजेट लगायतका सहयोग गर्ने गरेको बताउनुभयो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले त्यसका लागि सरकार, संवैधानिक आयोग, नागरिक समाज सबैको सहकार्यबाट मात्र सम्भव हुने बताउनुभयो । उहाँले दिगो विकासको लक्ष्य सन् २०१५÷०३० ले सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्न सकिने छ भन्नुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामा र राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकारको रक्षाका लागि सरकार र सरोकारवाला निकाय सबैको उत्तिकै भूमिका र योगदान जरुरी भएको धारणा राख्नुभयो । ‘असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि आज मानवअधिकार दिवस मनाइँदैछ । मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० मा मनाउने गरिन्छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर यो दिवस हरेक वर्ष यसैदिन मनाउने गरिएको हो ।

न्यायपालिका शुद्धीकरण अभियान
काठमाडौँ, २४ मङ्सिर । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका लागि दबाब दिएका छन् ।

त्यस क्रममा समाजका पूर्वसभापति एवं अधिवक्ता होमकान्त चौलागाईं, पूर्वसभापति उत्तम पुडासैनी, सभापति गोविन्द खनाल, महासचिव रामकृष्ण बराल, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान पुडासैनीलगायत मानवअधिकारकर्मीले न्यायपालिकाको शुद्धीकरण अभियानमा सहयोग गर्न राजनीतिक दललाई पनि आग्रह गर्नुभएको थियो । उहाँहरुले अदालत शुद्ध नहुँदा सर्वसाधारणले न्याय पाउन नसकेको आरोप समेत लगाउनुभयो । न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानवअधिकारको पालना हुन नसक्ने भएकाले यो अभियान सुरु गरिएको र यसलाई देशैभरि पुर्याइने समाजले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।