नाडाको अध्यक्षमा थापा

काठमाडौँ, २४ मङ्सिर । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गर्नुभएको थियो । कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ र गोपाल भट्टराईले एक हजार ३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो । कूल तीन हजार २०० सदस्य रहेको नाडामा दुई हजार ७८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

नमोबुद्ध नगरका ५०२ योजना सम्पन्न
काभ्रेपलाञ्चोक, २४ मङ्सिर । एक वर्षको अवधिमा नमोबुद्ध नगरपालिकाका ५०२ योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा तय गरिएका ५९९ योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० योजना र कार्यक्रम सम्पन्न भएका हुन् । नगरले वार्षिक समीक्षा गर्दै गत आवमा भएगरेका कामको विवरण सार्वजनिक गरेको हो । गत आवमा रु ७४ करोड ३१ लाख २८ हजार विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् रु ६२ करोड ९४ लाख १४ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो । चालुतर्फ रु ४० करोड ७९ लाख १४ हजार विनियोजन गरिएकामा रु ३६ करोड १२ लाख ८३ हजार खर्च भएको उल्लेख गरिएको छ । यो चालुतर्फको कूल बजेटको ८८ दशमलव ५६ प्रतिशत हो ।

यस्तै, पुँजीगततर्फ रु ३३ करोड ५२ लाख १३ हजार बजेट विनियोजन भएकामा ८० दशमलव ०८ प्रतिशतअर्थात् रु २६ करोड ८४ लाख ५१ हजार खर्च भएको छ । पौडेलका अनुसार कोभिड–१९ महामारीका कारण सङ्घ तथा प्रदेशबाट प्राप्त योजना अघि बढ्न नसक्नुलगायतका कारण कतिपय योजना सञ्चालनमा कठिनाइ भएको थियो । वडागतरुपमा २७० योजनामध्ये ८२ दशमलव ९६ प्रतिशत अर्थात् २२४ योजना सम्पन्न भएका छन् । नगरका ११ वडामध्ये ४ नम्बरले शतप्रतिशत योजना सम्पन्न गरेको जनाइएको छ । उक्त वडामा २४ योजनामा बजेट विनियोजन भएकामा सबै सम्पन्न भएका हुन् ।

यसैबीच, नगरले रु ६ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु चार करोड १४ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड–१९ का कारण कतिपय क्षेत्रमा राजस्व छुट दिएको लगायतका कारण अनुमानभन्दा कम राजस्व सङ्कलन भएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार गत आव कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गर्नुलाई उपलब्धिको रुपमा लिइएको छ । नरगरले गत साल कोरोना रोकथाम तथा नियन्त्रणको क्रममा आइसोलेसन स्थापना गरी १७८ जनाको उपचार गरेको थियो । यस्तै, यस्तै गत आर्थिक वर्षमै मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको, सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार र औलोको परीक्षण सुरु गरिएको, महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको नगरले जनाएको छ । सात हजार मिटर सडक ग्राभेल गरिएको छ भने ६०० मिटर सडक कालोपत्रे गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।