भारतमा थप आठ हजार ५०३ जना कोरोना स,ङ्क्रमित

नयाँदिल्ली,२४ मङ्सिर । भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल रहेका सक्रिय सङ्क्रमति कूल सङ्क्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ६२४ जनाको मृ,त्यु भएपछि कूल मृ,तकको सङ्ख्या चार लाख ७४ हजार ७३५ पुगेको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ ।

भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ: प्रधानमन्त्री मोदी
नयाँ दिल्ली, २४ मङ्सिर । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो।”राष्ट्रपति बाइडेनको निमन्त्रणामा लोकतन्त्रको लागि शिखर सम्मेलनमा भाग लिन पाउँदा खुसी छु। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न तयार छ,” प्रधानमन्त्रीको ट्वीटमा उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन शुरु गर्नुभएको छ । प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उद्घाटन भाषणमा भाग लिएका लिनुभएको छ ।शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । उक्त शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधारहरू, र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्नेछ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖