भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली,२९ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृ,त्यु भएको पनि जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृ,त्यु भएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन ।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सवैभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ । पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको छ ।

युरोपले बालबालिकाका लागि कोभिड खोप अभियान सुरु गरेको छ
फ्र्याङ्कफर्ट,२७ ,मङ्सिर । धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् ।जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ ।फ्रान्समा, ग,म्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ ।

तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ । बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतीमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖