धनकुटामा २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन

धनकुटा । धनकुटामा यो वर्ष २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको छ । ७ हजार ३ सय १४ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीबाट २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

धान खेती लगाईएको क्षेत्रफलको आधारमा हेर्ने हो भने यो उत्पादन गत वर्षको भन्दा धेरै भएको कृषी प्रसार अधिकृत मनोज यादवले वताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष मंशिरे धान वढी क्षेत्रफलमा लगाईएको थियो ।

गत कार्तिक महिनामा परेको वेमौषमी वर्षा र हावाले क्षती पुर्याएकोले उत्पादनमा केही कम भएको उहाँको भनाई छ ।

यो पनि..धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको सात वटै वडाका १९ सहकारीका सहकारीको विषयमा कुनै पनि प्रकारको तालिम नलिएका २८ जनालाई तालिम प्रदान गरिएको रोजगार शाखा संयोजक तथा शहकारी विभाग प्रमुख सिता पौडेलले जानकारी दिनुभयो ।

तालिममा सहकारीको ऐन नियम, सहकारी गठन विधि,सहकारीमा लैंगिंक समानता,सहकारी व्यवसाय र अन्य व्यवसायी वीच फरक र सहकारीमा सुशासन लगायतको वारेमा प्रशिक्षण दिईएको थियो । तालिमको सहजीकरण रोजगार शाखा संयोजक तथा शहकारी विभाग प्रमुख पौडेलले गर्नुभएको थियो ।

दुई दिन सम्म सञ्चालित तालिम गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच आज समान गरिएको छ । तालिम समापन कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगयात विभिन्न शाखाका पदाधिकारीको उपस्थिती थियो । यसअघि सहकारी सम्बन्धि केही तालिम लिएकाहरुलाई तालिम दिईएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।