खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान

खोटाङ, २ पुस /खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । गाईघाट-दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी-भानुमती-चौधरी जेभीले मंसिर दोस्राे सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो । ‘स्काभेटर वारपार गराएर टेष्ट गरियो । लाइट गाडी र ट्याक्टर वारपार गर्न सुरु गरेको छ,’ गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले भने, ‘भोलीबाट हेभीवेटका गाडी चल्न थाल्ने छन् ।’ नदीमा पानीको वहाव बढ्न थालेपछि सो स्थानको बेलिब्रिज गत जेठमा निकालिएको थियो ।

१०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका सहर जाने दोस्राे र छोटो बाटो खुलेको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा जिल्लावासी दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी सहर आउने र जाने गरेका छन् ।

पक्की पुल निर्माणमा चरम ढिलासुस्ती

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । फोक्सिङटारको पक्की पुल निर्माणकाे काममा ढिलासुस्ती भइरहेको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ ।

निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत फोक्सिङटारस्थित सुनकोसीको पक्की पुलको काम पूरा हुन सकेको छैन । म्याद गुज्रेको वर्षौ बित्दा समेत पक्की पुलको पिलर ठड्याउने काम समेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको वार्षिक करोडौँ खर्च भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।