न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई

खोटाङ, ३ पुस । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् ।

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताए ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएम/टिभीजस्ता विद्युतीय सञ्चारमाध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आह्वान गरिएको जानकारी दिए । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ । १२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भने, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिए । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।