ट्राफिक सप्ताह २०७८ समुदघाटन समारोह सम्पन्न

बिराटनगर, पौष ४ । मोरङको बिराटनगर बसपार्कबाट ट्राफिक सप्ताहको प्रदेश स्तरिय कार्यक्रमको समुदघटान भएको छ । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा प्रदेश स्तरिय “ट्राफिक सप्ताह” उदघाटन कार्यक्रम बिराटनगर बसपार्कमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम १ नं. प्रदेशका १४ वटै जिल्लाहरुमा एकै साथ शुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्की ज्यू, बिशिष्ट अतिथि सामाजिक विकाश मन्त्री जयराम यादव ज्यू ,प्रदेश मन्त्रालयका सचिव ज्यूहरु, १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ज्यू, प्रहरी बरिष्ट उपरीक्षकज्यू, प्रहरी उपरीक्षकज्यूहरु, यातायात व्यवसायी, बिभिन्न सरकारी कार्यालयका प्रमुख ज्यूहरु, १ नं प्रदेश स्काउटका प्रतिनिधिहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक सप्ताह कार्यक्रम बिराटनगर ९ स्थित ट्राफिक चौक बाट र्‍याली सुरु भई बजार परिक्रमा पश्चात कार्यक्रम स्थल बस पार्कको टर्मिनल भवनमा पुगी प्रमुख अतिथिज्यूबाट दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ज्यूबाट स्वागत मन्तब्य तथा ट्राफिक सप्ताह कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

सप्ताह व्यापी कार्यक्रममा पैदल यात्रीहरुलाई सडक पेटी तथा जेब्राक्रसबाट हिड्न सिकाउने, सडक प्रयोगकर्ताहरुलाई सडकमै प्रशिक्षण दिने, जेब्राक्रसमा सवारी साधनहरुलाई गति कम गर्न लगाउने, पार्किङ तथा नो पार्किङ व्यवस्थापन गर्ने, सडक पेटी व्यवस्थित गर्ने, सवारी साधनहरुमा जनचेतनामुलक स्टिकर टाँस गर्ने, सवारी साधनमा आरक्ष सिटको अनुगमन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, टयाक्टर तथा साईकलमा रिफ्लेक्टर स्टिकर टाँस गर्ने, बिधार्थीहरुलाई ट्राफिक प्रशिक्षण दिने, अनावश्यक हर्न प्रयोगमा नियन्त्रण गर्ने, नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्बर लेख्न लगाउने, लेन अनुशासनको पालना गराउने आदि कार्यक्रम हुने छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।