उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण

उदयपुर,उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो । करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन ।

राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताए । शालिक स्वर्गीय कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायत परिवारका सदस्यले ४ लाख २५ हजार रुपैयाको लगानीमा तयार गरिएको हो ।

एउटै ढुङ्गालाई काेपेर मूर्तिकार धिराज राईले शालिक निर्माण गरेका हुन् । यलम्वर हाङको मूर्ति अनवारण पश्चात् उपस्थित किराँतहरुले साकेला सिलि नृत्यमा उत्सव मनाएका थिए । कार्यक्रम किराँत राई यायोख्याका नगर कमिटी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको थियो । उभौली पर्व १५ दिन सम्म मनाईने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।