किराँत समुदायको उधौली (साकेला) सुरु

ईश्वर तामाङ/उदयपुर, ५ पुस ।किराँती समुदायको महान पर्व उधौली ‘साकेला धिरीनाम ५०८१’ धुमधामका साथ उदयपुरमा सुरु भएको छ । धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित १५ दिनसम्म उधौली चाड मनाउन सुरु गरेका हुन् ।

यो पर्व किरात याक्खा, सुनुवार, लिम्बु र राई समुदायले मनाउने गर्छन् । किराँत याक्खा, सुनुवार, लिम्बु र राई समुदायको माग अनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बुले चासोक तङनाम र राईले साकेला भनेर मनाउने गर्छन् ।

वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा पनि पूजा गरेर उधौली मनाउने गर्छन् । नयाँ अन्न प्रयोग गर्ने चलन पनि छ । वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ’उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बस्न सर्ने भएकाले ’उधौली’ भन्ने चलन छ ।

उधौलीमा ’नोक्छो’अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । उभौलीमा माटोकाे टीका लगाउने गरिन्छ भने उधौलीमा नयाँ भित्र्याएको अन्नको दही र चामलकाे सेतो टीका लगाउने चलन छ । पूजामा कुखुराको भाले-पोथी, सुगुर आदिको बली दिने चलन रहेको किरात राई यायोक्खाले बताए ।

ढोल र झ्याम्टाको लयमा खुट्टाको चाल मिलाई नाचिने सिलीमा मानव सभ्यता विकास क्रममा वस्तुस्थितिलाई हातको हाउभाउबाट देखाइन्छ । गीतसमेत सोही विषयमा आधारित हुने जानकारको भनाइ छ । ग्रामीण भेगमा नाच एक महिनासम्म चल्ने गर्छ । नाचमा सहभागी पुरुषले फेङगा भनिने एक किसिमको पोशाक, खाडीको घरबुना दौरा सुरुवाल, कोट, टोपी र मयुरको प्याख लगाउँछन् ।

महिलाले छिट्को गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन छ । ढुङ्री, मुडरी, बुलाकी र सिक्काको मालासमेत लगाउने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासमेत किराँत समुदायको परम्परागत पोसाकमा सजिएर सिली नाच्ने गरिन्छ ।

किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नवीन राईका अनुसार वर्षमा दुई पटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौली पर्व मनाउने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।