लिम्बू समुदायको समाधिस्थल संकटमा : अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

प्रकाश पाक्साँवा/तेह्रथुम, ५ पुस ।नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ । त्यस्तै पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बूहरूको पनि छुट्टै संस्कार छ । आफूलाई आदिमकालदेखि नै बसोबास गर्दै आएको समुदायको रुपमा लिम्बूहरूले लिने गरेका छन् । जन्मदेखि मृ त्यृसम्म आफ्नै संस्कार संस्कृति रहेको छ, यो समुदायको । आफूहरू यो धर्तीको (हाङ) राजा भएकोले मृ त्यृ प्रश्चात कुनै निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा रहँदै आएको छ । भूमिसुधार लागु हुनु पूर्व किपोटियाको रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृ त्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर दाहसंस्कार गर्ने गरेका छन् ।

यी समुदायमा आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरूले कपुरथान अर्थात् पक्की चिहान बनाउने प्रचलन रहँदै आएको छ । तर,पछिल्लो समय यी समुदायमा सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा हराउँदै जान थालेको छ । पुस्तौदेखि भएको समाधिस्थलहरूमा जग्गा अभावसँगै सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि यी समुदायलाई समस्या हुँदै गएको शंखरमान खेवाले बताए ।

उनी भन्छन्, ‘राज्यले लिम्बू समुदायको संस्कार सस्कृतिमा प्रहार गर्दै नियोजित रूपमा समाधिस्थलहरू सरकारीकरण गरेको छ । भाषा लिपी संस्कार सस्कृति संरक्षणका लागि अहिले पुस्ताले ध्यान नदिए अस्तित्व नै संकट हुँदै जाने देखिन्छ । त्यसैले समाधिस्थलकबारे बेलैमा नसोच्ने हो भने लिम्बूहरूको एक घर एक समाधिस्थल बन्ने देखिन्छ ।’पछिल्लो समय लिम्बू समुदायमा आफ्नै निजी जग्गामा आफ्ना आफन्तहरूको मृ त्यृ हुँदा राख्ने चलन सुरु भएको छ । केही दशकअघिसम्म समाधिस्थलमा मात्र दाहसंस्कार गर्दै आएका यी समुदायमा आफ्नै जग्गामा राख्ने चलन सुरु गरेका छन् ।

समाधिस्थलहरूमा विभिन्न समस्या कारणपछि निजी जग्गाहरुमा दाहसंस्कार गर्दै आएको सूर्य मादेनको भनाइ छ । दहासंस्कारका लागि समाधीस्थलहरूमा ढुंगा अभावका साथै दूरी टाढा भएका कारण पनि पछिल्लो समयमा सामुहिक रुपमा दहासंसकार गर्ने प्रचलन हराउँदै गएको मादेन बताउँछन । यी समुदायका कालगतीले मृत्यृ हुँदा समाधिस्थलमा चिहान बनाएर अन्त्येष्टि गर्ने चलन छ भने कोही अकालमा आ त्मह त्या, ल डेर या कुनै कारण मृ त्यृ भएमा जलाएर अन्त्येष्टि गर्ने गरेका छन । कोही कसैको मृ त्यृ भए छोरी भए तीन दिन र छोरा भए चार दिनमा नुनतेल गर्ने प्रचलन रहँदै आएको छ ।

यो समुदायका दाहसंस्कारपछि आफ्ना आफन्तको सम्झनामा चौतारा,धर्मसाला पाटी र स्मरणका लागि वरपिपल रोप्ने गरेका छन् । यसरी घरघरै समाधिस्थल बनाउने चलनले लिम्बू समुदायमा विकृतिको रूप लिँदै गएको अग्रजहरूले बताउने गरेका छन् । लिम्बू समुदायका अग्रजहरूले दाहसंंस्कारका लागि सामुहिक समाधिस्थलकबारे ध्यान दिन आवश्यक देखिन्छ । पछिल्लो समय लिम्बू समुदायको बसोबास गरेका गाउँहरूमा रहेको घर-घरमा चिहान देखिने थालेका छन् ।

खासगरी पूर्वको तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी र विभिन्न देशमा यी समुदाय बसोबास गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।