मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगको आग्रह

काठमाडौं, ५ पुस /निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा गएर नाम लेखाउन आग्रह गरेको हो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्ति :

हाल देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ । यसका साथै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम मार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भइ दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

यसरी स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन भइ रहँदा विभिन्न संचार माध्यमहरुमा मतदाता नामावलीमा दर्ता हुन कठिन भएको, अव्यवस्थित भएको, समावेशीतालाई ध्यान नपुर्याएको जस्ता विषयहरु आएकोले यसमा आयोगको ध्यानाकर्षण भएको छ । स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने र आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यहोरा सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ ।

स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्दा “ मतदाता नामावलीमा नाम छुट भएका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपानको कक्ष साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउने एवं गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरुलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था तथा मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने समेत व्यवस्था मिलाउने लगायतका विषयमा सबै स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आयोगबाट अनुरोध समेत भएको छ ।

उक्त विषयहरूमा सम्पूर्ण सरोकारवालाहरूबाट आवश्यक सहयोगको अपेक्षा आयोगले गरेको छ । सम्बन्धित स्थानीय तहमा मतदाता नामावली सङ्कलनको कार्य समाप्त भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिहरूलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन आवश्यक सहयोग र सहजीकरण गरिदिन सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय तह तथा समन्धित सबैमा आयोग हार्दिक अपिल गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।