कोभिडविरुद्ध लड्न नेपाली सेनालाई ब्रिटिस गोर्खा सैनिककाे सहायता
लण्डन, ६ पुस/बेलायत सैनिकले नेपाली सैनिकलाई काेभिड-१९ महामारीविरुद्ध लड्न सहायता प्रदान गरेको छ । कोभिड-१९ महामारीविरुद्ध ब्रिटिस गोर्खा सैनिकले नेपाली सैनिकलाई शैय्या र पीसीआर परीक्षणका उपकरण प्रदान गरेको हो ।
कोभिड उपचारमा सजिलो हुने २५ वटा शैय्या र पीसीआर उपकरणका किट्स र मेसिन प्रयोग गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।
ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका थिए ।
यो सैनिक सहायताले नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास बेलायती दूतावासले लिएको छ ।
जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नूः डब्लूएचओ
न्युयोर्क, ६ पुस/विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ ।
‘जीवन नै रद्द गर्नभन्दा कार्यक्रम रद्द गर्नु उर्पुक्त हुन्छ,’ डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयससले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निणर्य’ लिनुपर्ने उनको भनाई छ । ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनको भनाई छ ।
नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरुले कोभिड प्रतिबन्ध लगाइरहेका बेला डब्लूएचओका प्रमुखको भनाई आएको हो । नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ । बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ । तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यलय ह्वाईटहाउसले जनाएको छ ।


