रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार

खोटाङ, ६ पुस /खोटाङको रावाबेँसी गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ । रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएकाे हाे । मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रहअनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो । रावाबेँसी शाखासहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यसअघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।

केएमसी कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीको गुनासो
काठमाडौं, ६ पुस/राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिबद्धता गर्नुपर्ने माग गरेको हो ।

विद्यार्थीहरुले करारनामाको नाममा कलेज प्रशासनले अनावश्यक दबाब दिन नपाइने र ऐच्छिक छात्रावासको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् । उनीहरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापी मान्य नहुने पनि चेतावनी दिएका छन् ।

चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अविलम्ब खारेज गर्न माग गरेका छन् । अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँचजस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाको आरोप छ । कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको गुनासो गरिन् ।

कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै छात्रावासमा पनि न्यूनतम सुविधाको व्यवस्थासमेत नगरेको गुनासो पोखिन् । उनले वाइफाइको पनि सुविधा नदिइएको र आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘यो शिक्षा हो कि व्यवसाय हो ? कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्‍यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’

एमबीबीएस तहमा अध्ययनरत अर्का विद्यार्थी दयाल संगतीले चिकित्सा आयोगले तोकेअनुसार नै आफूहरुले रकम कलेजलाई बुझाएको बताए । कलेजले आफूहरुलाई छात्रावासमा पाउनुपर्ने न्यूनतम सेवा सुविधा पनि प्रदान नगरेको उनको गुनासो छ । उनले कलेज प्रशासनले आफूहरुलाई वाइफाई र पानी नभएको कोठामा राख्न खोजेको गुनासो पोखे ।

उनले ४० लाख ट्युशन–फी तिर्नुपर्नेमा आफूहरुले १३ लाख तिरिसकेपछि कलेज प्रशासनले भने अतिरिक्त शुल्कको नाममा थप २० लाख रुपैयाँ रकम आफूहरुसँग असुल्न खोजेको सुनाए । कलेज प्रशासनले आफूहरुसँग तोकिएकोभन्दा २० लाख रुपैयाँ बढि अतिरिक्त शुल्क लिने थाहा पाएपछि आफूहरुको अभिभावक निकै आत्तिएको पनि सुनाए । अतिरिक्त शूल्क खारेज हुनुपर्ने भनेर आफूहरुले विश्वविद्यालय र सम्बन्धित निकायमा निवेदन दिँदापनि त्यसबारेमा कुनै सुनुवाई नभएको उनको गुनासो छ । यही ईस्यु लिएर आफूहरु चिकित्सा शिक्षा आयोगमा पनि पुगेको उनले सुनाए । तर, आयोगले भने आफूहरुलाई कलेजमै गएर सल्लाह गर्न सुझाव दिएको उनले जनाए ।

त्यस्तै, केएमसीमै एमबीबीएस तहमा अध्ययनरत विद्यार्थी राजन पाण्डेले चिकित्सा शिक्षा आयोगले एकीकृत म्याचिङ परीक्षा व्यवस्था गरेको सुनाए । केएमसीमा बाध्य भएर पढ्न परेको उनको भनाइ थियो । उनले शिक्षण शुल्क, ट्युशन फी लगायत सबै गरेर ४० लाख लाग्ने भनिए पनि अतिरिक्त शुल्क थपबारे सुन्दा आफूहरु आत्तिएको बताए । भर्नाको क्रममा केही नभनेर पछि आएर मात्र ६० लाख रुपैयाँ भनेर आफूहरुलाई ठग्न खोजिएको उनको गुनासो थियो । अहिले बाहिर बोल्दै हिँड्ने विद्यार्थीहरुलाई कलेजबाट रेस्टिकेट गर्ने धम्की दिइएको पनि उनले सुनाए ।

विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ मान्यता थापाले चिकित्सा आयोगले स्वास्थ्यसम्बन्धी विद्यार्थीका सबै समस्या आयोगले समाधान गर्ने भनिए पनि अहिलेसम्म त्यो समाधान गर्न नसकेको बताइन् । थापाले काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुलिरहेको सुनाइन् ।

उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालयलाई नचाहिने अतिरिक्त शुल्क, काठमाडौं विश्वविद्यालयले मात्र लिने यो कस्तो माफियातन्त्र हो ?’ मेडिकल माफियाहरुले शिक्षा क्षेत्रमा अहिले ठाडो चुनौती दिइरहेको उनको टिप्पणी थियो । उनले आफ्नो माग पुरा गराउनको लागि कुनै संकोच नमानी अगाडि बढ्नसमेत पीडित विद्यार्थीहरुलाई आग्रह गरिन् ।

अखिल क्रान्तिकारीका विद्यार्थी नेता नरेन्द्र विश्वकर्माले काठमाडौं उपत्यकामा एमबीबीएस अध्ययनको लागि ४० लाख रुपैयाँ लाग्ने भए पनि केएमसीले भने ६० लाख लिन खोजेकोमा आपत्ति जनाए । केएमसीले एमबीबीएस तहका २४औं ब्याचका विद्यार्थीहरुमाथि गरेको चरम लुट र शोषणको विरुद्धमा आफ्नो संगठन उभिने र पीडित विद्यार्थीहरुलाई न्याय दिलाउने उनको प्रतिबद्धता थियो ।

तस्बिरमा क्रमश : मान्यता र निशिका ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।