पाँचतले घरको छतबाट हाम फा’ल्दा मृ त्यु

इलाम, ७ पुस/इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हा म फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फा लेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फा लेको दाबी गरिएकाे छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

आज संसद बैठक, चार अध्यादेश पेस गरिँदै
काठमाडौं, ७ पुस /प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। आज दिउँसाे १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची

१. राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

२. प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।

३. गृह मन्त्री बालकृष्ण खांणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. प्रेम सवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने।

५. गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।

७. गृह मन्त्री बालकृष्ण खांणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

८. प्रेम सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।

९. भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।