दमक नगरपालिकामा दु,र्घटनामा परि १ जनाको मृ,त्यु

झापा, पौष ७ गते । झापाको दमक नगरपालिका-४ स्थितमा सवारी दु,र्घटनामा परि १ जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् । हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घा,इते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृ,त्यु भएको हो । गाडी तथा गाडि चालक धनकुटा नगरपालिका-१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्.नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने दावी गरेका छन् ।
नेपाल प्रेस युनियनले उनको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका हुन् । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रणगर्दे महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा सुरेश आचार्य, वरिष्ठ पत्रकार कविर राणा, महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै लोकतन्त्रको सुदृढिकरणका लागि सबै राजनीतिक दलले यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।