श्रीमतीको ह,त्या आरोपमा राई प,क्राउ
संखुवासभा, २०७८ पौष ०६ गते । संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको ह,त्याको आरोपमा प,क्राउ परेका छन् । यही पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राई मृ,त अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो । घ,टनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृ,तकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृ,तकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आ,त्म ह,त्या तथा भवितव्य बाट मृ,त्यु नभई कर्तब्यबाट ह,त्या भएको खुल्न आएसंगै मृ,तककै श्रीमान दिपन राईलाई प,क्राउ गरिएको र निजले नै आफैले ह,त्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राईले श्रीमतीसंग सामान्य बिषयमा बादबिबाद हुँदा आफ्नो रिशको आवेगलाई थाम्न नसक्दा श्रीमतीको ह,त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको ह,त्या आरोपमा प,क्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्.नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने दावी गरेका छन् ।
नेपाल प्रेस युनियनले उनको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गरेका हुन् । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रणगर्दे महामन्त्री शर्माले पार्टीप्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताए।
कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् युनियनका महासचिव अजयबाबु शिवाकोटीले आफूलाई निर्वाचित बनाउने अभियानमा युनियन र मिडियाको पनि महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने गरी अघि बढाएका सबै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा सुरेश आचार्य, वरिष्ठ पत्रकार कविर राणा, महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै लोकतन्त्रको सुदृढिकरणका लागि सबै राजनीतिक दलले यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।


