श्रीमतीको ह’त्या आ’रोपमा राई पक्राउ
संखुवासभा । संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको ह त्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राई मृ त अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो ।
घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृ तकको शरिरमा केही चो ट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृ तकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आ त्मह त्या तथा भवितव्य बाट मृ त्यु नभई कर्तब्यबाट ह त्या भएको खुल्न आएसंगै मृ तककै श्रीमान दिपन राईलाई पक्राउ गरिएको र निजले नै आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
राईले श्रीमतीसंग सामान्य बिषयमा बादबिबाद हुँदा आफ्नो रि शको आवेगलाई थाम्न नसक्दा श्रीमतीको ह त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको ह त्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण
लमजुङ /लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लागेका छन् । उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन् । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् । उनीहरूले १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छन् ।
सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आएका छन् । ‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उनले भने । तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेका छन् । अलैँची खेतीसँगै अहिले उनी सतुवा खेतीलाई व्यावसायीक रुपमा अगाडि बढाएका छन् । उनले भने, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ ।’
सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन् । अहिले उनले पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाएका छन् । ‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले करिब १५ लाख लगानी भइसकेको छ,’ तामाङले भने । उनीमात्र होइन छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताएका छन् ।
बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ ।’अहिले छिनखोलामा अलैंचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आर्कषण बढेको चितरीमायाँ तामाङ बताउँछिन । उनीमात्र होइन मर्स्याङ्दी गाउँपालिका–८ रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किएकी छन् ।
लामो समयदेखि बेसीशहरमा बस्दै आएकी कृष्णकुमारी गतवर्ष गाउँ फर्किएसँगै बाँझो एक रोपनी जग्गामा सतुवा खेती गरेकी छन् ।
उनी भन्छिन्, ‘कोरोनाले बेसीशहरमा बस्ने उपाय भएन, गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु ।’ सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ ।
संरक्षणको अभावमा सतुवा जडीबुटी हराउँदै जान थालेको मस्र्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । सतुवा बहुमूल्य जडीबुटी रहेको उनले बताए ।


