पर्यटक लोभ्याउँदै गुफापोखरी

प्रकाश पाक्साँवा/तेह्रथुम, ८ पुस ।पूर्वको टिएमजे (तिनजुरे,मिल्के र जलजले) क्षेत्रमा रहेको गुफा पोखरी पर्यटीयक रूपमा कहलिएको गन्तव्य हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छायाँ प्रतिबिम्बित हुने सुन्दर पोखरी । यही पोखरीमा दैनिक सयौँ पर्यटकहरू रमाई रहेका हुन्छन् । सानो र चिटिक्कै परेको गुफा बजार । यही बजारको नजिकै रहेको गुफापोखरीले पर्यटकहरूको मनै लोभ्याउने गरको छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । जाडो सिजन सुरू भएसँगै हिउँ पर्न थालेपछि हिउँ खेल्ने पर्यटकहरूले यो पोखरी र आसपासका क्षेत्र सयौँको संख्यामा रमाइरहेका हुन्छन ।

गुराँसको राजधानी तिनजुरे,मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वकै एक परिचित पर्यटकीय गन्तव्यको रूपमा चिनिने गर्छ समुद्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ । पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडा पछाडि गुफा रहेको हुनाले गुफाको नामबाट पोखरीको नाम रहन गएको स्थानीयहरुले बताउने गरेका छन् ।

प्राकृतिक सुन्दरताले नै पर्यटकहरूलाई आकर्षण गर्ने गरेको स्थानीय फुजुङ सेर्पाले बताए । ‘यहाँ वर्षभरि पर्यटक आउँछन् । मेन्छ्यायेम डाँडा र पोखरीमा रमाएर प्रफुल्लित हुँदै फर्किन्छन्’, उनले भने, ‘कोरोनाले गर्दा पर्यटकहरूको चाप घटेको थियो । कोरोना कम भएपछि पर्यटक आउन सुरु भएको छ । ’

तेह्रथुमको वसन्तपुर बजारदेखि सुरु भएका दर्जनौँ पर्यटकीय गन्तव्यहरुले पर्यटकहरुलाई आकर्षण गर्दै आएको छ । आरआर गार्डेन,पाथीभरा मन्दिर, तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी, गुफाबजार, मेन्छ्यायेम डाडाका साथै प्राकृतिक सुन्दरताहरूले मनै लाभ्याउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।