बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी

प्रकाश पाक्साँवा/तेह्रथुम, ८ पुस । सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे । विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको उजेलीसँगै बंगुरहरूको हेरचाहमा पुग्छन् । साँझ अबेरसम्म उनले सञ्चालन गरेको बंगुर फर्ममा नै व्यस्त छन् । डेढ वर्षअघिदेखी उनी यही बंगुर फर्ममा भेटिन्छन् ।

विगतको जस्तो बजारमा साथीभाइसँग गफ गर्न उनलाई अहिले फुर्सद नै मिल्दैन । चाङलुङ बंगुर फर्म दर्ता गरी अनिल र उनका भाइ सुनिलले सामूहिक रुपमा बंगुरपालन गर्दै आएका छन् । सुनिल ५ वर्ष वैदेशिक रोजगारमा थिए । विदेशी भूमिमा गरेको श्रम र मिहेनत आफ्नै ठाउँमा गर्न सके रोजगारका लागि विदेश नै जानुपर्छ भन्ने लाग्दैन सुनिललाई । दाजुभाइ र आँखेवा परिवार यतिबेला फर्म बंगुरको हेरचाहमा नै रमाइरहेका छन् । बंगुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने हतारो हुन्छ यी दाजुभाइलाई ।

चारो, खोरदेखि जन्मिँदै गरेको पाठापाठी स्याहारमा नै समय खर्चिरहेका हुन्छन् । पाँच लाख लगानीमा सुरु गरेको फर्मले राम्रै आम्दानी लिन थालेका छन् । अनिल भन्छन्, ‘राजनीति भनेको सेवा हो व्यावसाय भनेको आम्दानीको स्रोत हो । राजनीतिले परिवार धान्ने कुरै भएन परिवार धान्नका लागी कुनै न कुनै व्यावसाय गर्नुपर्छ भन्ने उद्देश्यले बंगुरपालनलाई रोजेका हौँ । खासगरी हामीले मासुभन्दा पनि पाठापाठी उत्पादनलाई जोड दिँदै आएका छाँै । सुरुवाती चरणमा छौ हामी, तर पनि आम्दानी राम्रै छ । अझ फर्मलाई व्यवस्थित बनाउँदै जाने हाम्रो सोच छ ।’

घर नजिकै सञ्चालन गरेको फर्ममा दाजुभाइसँगै परिवारका सदस्यहरू रोजगार बनेका छन् । फर्ममा उत्पादन भएका बंगुरका पाठापाठी स्थानीय बजारका साथै धनकुटाको हिलेसम्म बिक्री हुँदै आएका छन् ।

बजारको माग धेरै भए पनि मागअनुसार उत्पादन गर्न नसकेको अनिलले बताए । उनी भन्छन्, ‘बजारको लागि समस्या छैन । मागअनुसार उत्पादन गर्न नसक्दा आम्दानी लिन नसकेको छैन । ग्राहकहरूको मागअनुसार विभिन्न जातका बंगुर भित्र्याउँदै जाने सोचमा छौँ । उन्नत जातको पाठापाठी उत्पादन गरी ग्राहकसम्म पु¥याउने लक्ष्य लिएका छौँ ।’

व्यावसायिक रुपमा बंगुरपालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग अझैसम्म नपाएको अनिलको गुनासो छ । अनिल भन्छन्, ‘युवाहरूलाई व्यावसायिक बनाउने भनेर स्थानीय सरकारले कार्यक्रम ल्याए पनि हाम्रो फर्मलाई अनुदान भन्ने दिएको छैन ।’

पाँच रोपनी क्षेत्रफलमा रहेको जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएका हुन । पाठापाठीसँगै मासु र बिउका लागि फर्ममा बंगुर पाल्दै आएका छन् । यहाँ उत्पादन भएका पाठापाठी तीन हजारदेखि पाँच हजारसम्म बिक्री हुँदै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।