खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ विद्यालयलाई चुलो र ग्यास प्रदान

प्रकाश पाक्साँवा/तेह्रथुम, ९ मंसिर । सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ । गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो ।

दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएकाे हाे । विद्यार्थीले चाउचाउ,चटपटे लगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।

विद्यालयमा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि ‘एक विद्यालय एक टेलिभिजन कार्यक्रम’ थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

विद्यालयमै खाजा भएपछि अभिभावकलाई सहज भएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।