ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित

खोटाङ, ९ पुस /ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पतीलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार पाँच सय सहयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका रेखा राई र रुद्र राई, एक थान फलामे बेञ्च तथा ज्येष्ठ नागरिकको चिया नास्ताका लागि दुई हजार पाँच सय सहयोग गर्ने गयाकुमार बजिमय र ताराकुमारी बजिमयलाई सम्मान गरेको हो ।

यस्तै, दुई थान फलामे बेञ्च तथा चियानास्ताका लागि ११ हजार पाँच सय प्रदान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका मनिन्द्र राई र चन्द्रकुमारी राई दम्पत्तीलाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघका सचिव राम ताम्राकारले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖