गृहमन्त्री खाँडलाई ९ बुँदे माग पत्र

धनकुटा । जिल्लामा प्रभावकारी शान्ति सूरक्षा स्थापनाको माग गर्दै नेपाली कांग्रेस धनकुटाको टोलीले आज गृहमन्त्री बाल कृष्ण खाँड समक्ष ९ बुँदे माग पत्र पेश गरेको छ । गृह मन्त्रालयमा भेटेर टोलिले गृहमन्त्री खाँडलाई ९ बुँदे माग पत्र बुझाएको हो ।

टोलिले राष्टिय शहिद घोषणा गरिएका धनकुटाका शहिद परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन, शहिद परिवारका कम्तिमा एक जनालाई रोजगारीको व्यवस्था गर्न, धनकुटामा रहेको प्रदेश नं १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश स्तरिय प्रहरी तालिम केन्द्रको रुपमा स्थापना गर्न समेत माग गरेको छ ।

धनकुटाको पर्यटकीय स्थल सागुरीगढी गाउपालिका भेडेटारको प्रहरी चौकी,धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिलेको हिले प्रहरी चौकी,महालक्ष्मी नगरपालिाकोको जितपुर प्रहरी चौकी र लाई स्तरोन्नती गरी ईलाका प्रहरी चौकीको रुपमा स्थापना गर्न माग गरिएको छ ।

त्यस्तै सागुरीगढी गाउपालिकाको आहालेको चाँदनी बजारमा प्रहरी चौकी स्थापना गर्न समेत गृह मन्त्री खाड समक्ष माग गरिएको नेपाली कांग्रेस जिल्ला सभापती दिनेश राईले वताउनु भयो । त्यस्तै धनकुटा जिल्ला सदरमुकामको स-शस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी ६ नं गुल्मलाई स्तरोन्नती गरी गण बनाउन,जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को राजारानी र प्रदेश सभा निर्वाचन क्षेत्र नं (ख) पाख्रीवास र जितपुरमा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्न पनि माग गरिएको टोलिले जनाएको छ ।

त्यस्तै अत्यन्तै जोखिममा रहेको धनकुटाको मुलघाट स्थितको स-शस्त्र प्रहरी बलको विपत उद्धार युनिटलाई विपत जोखिम उद्धार गर्ने विभिन्न समाग्रीहरु उपलब्ध गराउन पनि भनिएको छ ।

धनकुटाका वर्षा, बाढी पहिरोबाट पीडित परिवारलाई थप राहत उपलब्ध गराउन, कृषकहरुलाई तत्काल राहत प्रदान गर्न, बाढी पहिरोबाट क्षती भै घरवाहर विहिन भएकाहरुलाई तत्काल राहतको व्यवस्था गर्न, धनकुटामा प्रदेश १ कै नमुना कागार निर्माण कार्यको शुरुवात गर्न,महालक्ष्मी नगरपालिका २ को नेवार गाउमा अस्थायी प्रहरी चौकी स्थापना गर्न समेत माग गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।