टिएमजे क्षेत्रमा हिमपात

प्रकाश पाक्साँवा/तेह्रथुम,तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपया र मानव जनजीवन प्रभावित भएको छ ।

पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए । हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ ।

जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ । हिउँले यतिबेला टिएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ । हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन् । यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए । ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ । जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ,’ उनले भने । खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।