खोटाङ फुटबल एकेडेमीलाई विराटनगर सिटी फुटबल क्लवद्वारा खेल सामग्री प्रदान

खोटाङ, विराटनगर सिटी फुटबल क्लव (बिसिएफसि)ले खोटाङ फुटबल एकेडेमी (केएफए)लाई खेल सामग्री प्रदान गरेको छ । ‘सवैका लागि फुटबल’ भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समूहका खेलाडीलाई सहभागी गराएर फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई एक लाख बराबरको खेल सामग्री प्रदान गरेको हो ।

शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित कार्यक्रममा विराटनगर सिटी फुटबल क्लवका सिइओ सुवाशिस लाला कोइरालाले फुटबल, जाली, कोण, ल्याडर, सालोमोन पोल, प्यारासुट, हडल्स प्रो, सालोमोन बेस, मार्कर कोण, जर्सी लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । बिसिएफसिले प्रशिक्षणमा सहभागी ४० जना खेलाडीलाई जर्सी उपलव्ध गराएको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

जिल्लामा फुटबलको व्यवसायी विकासको प्रयत्नमा जुटेको केएफएको प्रोत्साहनमा बिसिएफसिले (ए) डिभिजनका फुटबल क्लवले उपयोग गर्ने खेल सामग्री उपलव्ध गराएको हो । प्राप्त भएको जर्सी जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राई, केएफएका अध्यक्ष नूरकाजी शैंजू र बिसिएफसिका सिइओ कोईरालाले प्रशिक्षार्थीलाई हस्तान्तरण गरेका थिए ।

केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भएको प्रशिक्षक श्रेष्ठले बताए । “हामीले आठदेखि नौ सय जनालाई फुटबलको प्रशिक्षण दियौँ । त्यसमध्ये साँढे चार सयदेखि पाँच सय खेलाडी उत्पादन गर्न सफल भएका छौँ,” श्रेष्ठले भने, “हामीले उत्पादन गरेका कतिपय खेलाडी जिल्लाकै विभिन्न क्लवबाट खेल्छन् । कतिपय खेलाडीहरु जिल्ला बाहिरका क्ल्वबाट खेलिरहेका छन् ।”

हाल केएफएमा विभिन्न उमेर समुहका ७० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् ।

२०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ । रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।