अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

कपिलवस्तु, १० पुस/अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हाे ।

बुद्धभूमि नगरपालिकाले प्रदेश सरकारलाई कार्यालय राख्ने स्थानको विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ । नगरप्रमुख केशवकुमार श्रेष्ठले दुवै जिल्लाको साझा स्थल बुद्धभूमि २ गोरुसिङ्गे रहेको बताएका छन् ।

श्रम, रोजगार, यातायात व्यवस्थामन्त्री मगरले प्रदेश सरकारले सबैको पायक पर्ने गरी कार्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । प्रदेश सरकारले सबै क्षेत्रको भावना समेट्ने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपकराज नेपालले यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको लागि कपिलवस्तु नगरपालिकामा निर्णय भएको बताए । कार्यालय राख्नको लागि कपिलवस्तु नगरपालिकाबाट पटक पटक डेलिकेशन समेत आएको बताइएको छ ।

सेवा कार्यालयबाट सवारी दर्ता बुक नवीकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नवीकरण र अस्थायी इजाजत पत्र (पटके)को काम हुने बताइएको छ । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।