यसवर्ष पुसमै उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर, ११ पुस /भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ ।

केही दिनअघि हल्का वर्षा भएपछि शुक्रवार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरु हिँउले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दू चिवाभञ्ज्याङ क्षेत्र हिँउले ढाकिनुका साथै करीब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ ।

याङवरक–२ का सन्तप्रसाद बेघाकाअनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमासमेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले बताए । ‘हिउँ धेरै दिन चाहिँ रहँदैन् । तर यसपालि चाँडै हिमपात सुरु भयो,’ बेघाले भने, ‘हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रहरुमा चौंरी तथा भेंडा गोठहरु छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठहरु गाउँ बस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो,’ बेघाले भने ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् । बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीहरुको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमासमेत हिमपात भएको छ । पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।