जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै

खोटाङ, ११ पुस /प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरू भएकाे छ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरू भएकाे हाे । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरू गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

हाल ऐतिहासिक टुँडिखेलमा राईको शालिक, बगैंचा, घेरावारालगायत संरचना निर्माण भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ । टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, ०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो । यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/०७६ मा २० लाख र आर्थिक वर्ष ०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो ।

ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करवीर फूल रोपेको इतिहास छ । सो टुँडिखेल भने १९६३ देखि १०९० सालकोबीचमा बनेको भगवती दिनानाथ माविका प्रअ एवं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए ।

रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । ००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा भएकाे इतिहास छ । सरकारले १५ पुस ०७५ मा जननायक राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बनेका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरू गरेका थिए । खोटाङबजार छाड्नुअघि रामप्रसादले ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बृद्ध एवं पुर्वप्रअ मणिकलाल प्रधान बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।