६ वर्षीया मु’टुरो’गी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयाे

खोटाङ, ११ पुस /खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मु’टुरो’गी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो ।

बालिकाको मु’टुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मु’टुरो’गी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल विराटनगर पुर्‍याइएपछि बालिकालाई मुटुको रोग भएको पुष्टि भएको हो ।

आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो । सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनको तौल हाल साढे १२ केजी मात्र छ ।

प्रदेश-१ लाई पराजित गर्दै एपिएफले जित्याे उपाधि
मोहन जोशी/धनगढी, ११ पुस । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नमबर-१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाती ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रीले ३४ र अप्सरा वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश-१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जितका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जित हासिल गरेको हो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधि हात पारेसँगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।